विश्वकप क्रिकेट : कप्तान शर्माको विस्फोटक ब्याटिङ, अष्ट्रेलियालाई २०६ रनको लक्ष्य

आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तरगत सुपर ओभरको आफ्नो अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ।

कप्तान रोहित शर्माले विस्फोटक ब्याटिङ गर्दा भारतले ५ विकेटको क्षतिमा २०५ रन बनाएको हो कप्तान शर्माले ४१ बलमा ९२ रन जोडे। बोल्ड आउट हुनु पहिले उनले ७ चौका र ८ छक्का प्रहार गरे।

रिसभ पन्तले १५ रन बनाउँदा सूर्यकुमार यादव ३१ रनमा आउट भए। शिभम दुवेले २८ रन जोड्दा हार्दिक पाण्ड्या २७ र रविन्द्र जडेजा ९ रनमा नटआउट रहे।

अष्टे«लियाका मिचेल स्टार्क र मार्कस स्टोनिसले समान २ विकेट लिँदा जोस हाज्लेवुडले एक विकेट हात पारे।

भारतले यसअघि अफगानिस्तान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा करिव स्थान तय गरेको छ। अफगानिस्तान र अष्टे«लियाको पनि सम्भावना छ।

अष्टे«लिया र अफगानिस्तान आ आफ्नो खेलमा विजयी भए नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ। अष्ट्रेलियाले यसअघि बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्थानसँग पराजित भएको थियो।

अफगानिस्तान भारतसँग पराजित भएको थियो। बंगलादेशलाई हराएमा भारत र अष्टे«लिया मध्ये एउटा टोली बाहिरिने सम्भावना छ। अष्टे«लियाले टस जितेर फिल्डिङ रोजेपछि भारत पहिले ब्याटिङ गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *