अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्वाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिङको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

यो जितपछि भारत सुपर आठको समूह ए बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यसैगरी यो हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । अब मंगलबार बिहान हुने अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समूह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *