आइसिसी टी-२० विश्वकप

अफगानिस्तान सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

काठमाडौं – अफगानिस्तान जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो । अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान ६: १५ बजेदेखि सुरु हुँदै छ । अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल बिहीबार राती ८: १५ बजेदेखि सुरु हुने छ ।

योसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । आज अफगानिस्तानसँग पराजय भोगेको बंगलादेशको यात्रा पनि सुपर-८ बाटै समाप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *