कोशी सरकारको रिटमा बहस सकियो, फैसला आउँदै

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा बहस सकिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सम्पूर्ण बहस सकिएको हो ।

यसअघि आइतबार र सोमबार पनि उक्त रिटमा सुनुवाइ भएकोमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

सबै सुनुवाइ सकिएपछि न्यायाधीशहरु फैसलाको तयारीमा लागेका छन् । कोशी सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका केदार कार्कीले दायर गरेको रिटमा आजै फैसला आउन सक्नेछ ।

गत जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।

त्यसो गत वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि पूर्व मुख्यमन्त्री कार्कीले त्यसकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई वैशाख २६ गते पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसको विरुद्ध रिट दायर गर्दै केदार कार्कीले वर्तमान सरकारलाई बर्खास्त गर्दै आफू नेतृत्वको सरकारकै निरन्तरताको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *