सुकुटेमा हिमालयन ह्रवाइट वाटर च्यालेन्ज (तस्बिरहरु)

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा २२ औ हिमालयन ह्रवाइट वाटर च्यालेन्ज सम्पन्न भएको छ ।

नेपालको साहसिक जल पर्यटनलाई विश्व सामु चिनाउने उद्देश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज’ नाराले आयोजना गरेको प्रतियोगितामा राफटिङ र कायाकिङ विधामा खुल्ला प्रतिस्पर्धाको आयोजना गरिएको थियो ।

प्रतियोगितामा राफ्टिङ तर्फ ’टिम इभेन्ट’ र कायाकिङ तर्फ ‘सोलो कम्पिटिसन’ गराइएको हो ।

राफ्टिङ तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ३ टिम र एक महिला टिम सहित कुल १४ टिम सहभागी भएका थिए ।

यसै गरि कायाकिङ तर्फ २ महिला सहित २४ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिता भोटेकोसी नदीको बलेफी देखि चेहेरे सम्म कुल ९ किमी क्षेत्रमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *