विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

सो प्रश्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *