आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
मकालु खबर
२०८१ असार १२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलर, युरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
मकालु खबर
२०८१ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित