अग्रता जोगाउन नसक्दा फ्रान्सले पोल्याण्डसँग अंक बाँड्यो

काठमाडौं । अस्ट्रियाले नेदरल्याण्डसमाथि जित हसुल गर्दै जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियाले नेदरल्याण्डसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्डसका डोनयल मालेनले आत्मघाती गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।

समूह डी अन्तर्गत नै गएराती सम्पन्न अर्को खेलमा फ्रान्स र पोल्याण्ड गोल रहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

अब समूह डी बाट अस्ट्रिया ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने भने आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *