लागू औषध दुरुपयोगविरुद्ध सचेतना (तस्बिरहरु)

काठमाडौं । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरिको आयोजना गरिएको छ । ‘लागु औषध दुरुपयोग विरुद्ध लडौं रोकथाममा जोड दियौं’ भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो ।

भृकुटी मण्डपदेखि आर्मी क्लबसम्म गरिएको प्रभातफेरिमा गृहमन्त्री रवि लामिछानेसहित सरकारी अधिकारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो । विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जिउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *