एसिया कपको उद्घाटन खेलमा नेपाल र यूएई भिड्ने (तालिकासहित)

काठमाडौं । आसन्न एसिसी महिला एसिया कप २०२४ को खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा यूएईको सामना गर्नेछ ।

नेपाल र यूएईबीचको खेल प्रतियोगिताको पहिलो दिन १९ जुलाईमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा २१ जुलाईमा पाकिस्तानको सामना गर्नेछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *