राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट
मकालु खबर
२०८१ असार १२ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग निम्ति कृतज्ञता ज्ञापन गरे ।
उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलामा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा छन् ।
मकालु खबर
२०८१ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित