लागु औषध दुर्व्यसनी राष्ट्रिय रोग बन्यो, यसलाई रोकौं : खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन् ।

बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एक हुनुपर्ने बताए ।

लागुऔषध दुव्र्यसनी नेपालमा विकराल भएको भन्दै उहाँले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताए । उनले सीमा क्षेत्रमा मात्र नभइ जुम्ला लगायतका हिमाली जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी विकराल बनेको बताए ।

उनले भने– ‘म यही मञ्चबाट सबै राजनीतिक दलहरु, प्रतिपक्षदेखि लिएर सबैलाई के अनुरोध गर्दछु भने यस्ता लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा हामी सबै एक ठाउँमा उभिनुपर्छ । अरु झिना मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय होइन । लागुपदार्थको दुव्र्यसनीले समाजमा कत्तिको समस्या भइरहेको छ, भन्नेकुरा अध्ययन, अनुसन्धानबाटै थाहा भइसकेको छ । बोर्डर एरियामा मात्रै भन्ने ठानेको थिएँ, जुम्लामा पनि लागुऔषधको विकराल अवस्था भइसकेको रहेछ । यो राष्ट्रिय रोग हो । यस्ता राष्ट्रिय रोग र बेथिति हाम्रा मुद्दा हुन् । हामी एक भएर लड्नुपर्छ । यस्ता विषय राजनीतिक मुद्दा बनोस् ।’

मन्त्री श्रेष्ठले लागुऔषध दुव्र्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *