ललितपुरमा लक्ष्मी सनराइजको शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुर महानगरपालिकामा आफ्नो सेवा विस्तार गर्न शाखा स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौंको न्युरोडस्थित आफ्ना दुई शाखा मध्ये एउटालाई ललितपुरको नखीपोटमा स्थानान्तरण गरेको बैंकले जनाएको छ ।

यसअघि काठमाडौं महानगरपालिका–२२ स्थित न्यूरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका–१४ को विशालचोक, नखीपोटमा सारिएको हो । स्थानान्तरण गरिएका शाखाका ग्राहकले न्युरोड, काठमाडौंमा रहेको बाँकी शाखाबाट पनि सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यो कदमसँगै बैंकले अब नयाँ र पहिले सेवा नपुगेका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *