प्रभु बैँक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुद्घारा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार प्रभु बैँक लि।का कर्मचारीहरू तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरि अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारिको नामबाट चिनिने यो जिल्ला धौेलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण मुस्ताङ जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ । अलौकिक रूपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा अलि भिन्न किसिमको छ । मुक्तिmनाथ, कागबेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल,लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता सांस्कृतिक रुपमा परिचित मुस्ताङ स्याऊ, आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ ।

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारिको इतिहास बोकेको एक रमणीय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा , थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ ।

देश तथा विदेश बाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ हिमचितुवा, च्याङ्ग्रा, भेडा, चौरि गाई ,घोडा जस्ता जनावरहरू देख्न सकिन्छ भने विभिन्न जातिका सजिएर तस्बिर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो ।

सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैँक लि.का कर्मचारीहरूका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरू प्राप्त गर्न सक्नेछन् । सहभागी होटेलहरूको सुची निम्नअनुसार समावेश छ :

Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *