खस्कियो अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता

काठमाडौँ । यसअघि आईसीसीको वरीयतामा छैटौँ स्थानमा रहेका नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरीयतामा उनी एक स्थान तल झरेका छन् । यसअघि छैटौँ वरीयतामा रहेका ऐरी नयाँ वरीयतामा सातौँ स्थानमा आइपुगेका छन् ।

वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन् ।

टी–२० को ब्याटिङतर्फ भने दीपेन्द्रको वरीयता ४६ औँ स्थानमा यथावत नै रहेको छ।

ब्याटिङतर्फ रोहित पौडेल ६१ औँ तथा आशिफ शेख ७० औँ स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ सोमपाल कामी ९१ औँ स्थानमा यथावत रहँदा दीपेन्द्र एक स्थान खस्कँदै ९७औँ स्थानमा झरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *