भाटभटेनीले थप २ हजारलाई रोजगारी दिने, तलब हप्ता दिनमै

भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ। भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँगको भेट आफूले थप रोजगारी सिर्जना गर्ने बताएका हुन्।

भाटभटेनीमा अहिले ६ हजार बढीले रोजगारी पाएका छन्। भाटभटेनीले काठमाडौं र काठमाडौं बाहिरका भाटभटेनी स्टोरमा ‘पार्ट टाइम’ रोजगारी पनि उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

अब सिर्जना हुने रोजगारीमा नयाँ प्रक्रिया अपनाउने र तलब हरेक हप्ता दिने भाटभटेनीको घोषणा छ। तर यस्तो राजगारीको मौका २१ वर्षभन्दा कम उमेरका र कलेजमा अध्ययनरतले मात्रै पाउनेछन्।

उनीहरुले दिनको चार घण्टा र हप्तामा पाँच दिन काम गर्नुपर्नेछ। अहिलेको नियमित रोजगारीमा हप्ताको ६ दिन ८ घण्टा काम गरिरहेका छन्।

अमेरिका, अष्ट्रेलिया लगायतका देशमा पढ्न जाने विद्यार्थीलाई हप्ताको बीस घण्टा मात्रै काम गर्ने अवसर दिइन्छ। भाटभटेनीले पनि यस्तै प्रक्रिया अपनाउने भएको हो।

विद्यार्थीले मिलेसम्म आफूले चाहेकै समयमा काम गर्न पाउने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *