टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा भोलि बिहान दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बिहान दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने भएका छन्। खेल बिहान सवा ६ बजे त्रिनिदादको ब्रायन लारा स्टेडियममा शुरु हुनेछ।

दक्षिण अफ्रिका सुपर–आठको समूह ‘दुई’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिकाले सुपर–आठको पहिलो खेलमा अमेरिकालाई १८ रन, दोस्रो खेलमा इङ्गल्यान्डलाई ७ रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई ‘डीएलएस’ अर्थात् डकवर्थ लुइस नियमका आधारमा ३ विकेटले हराएको थियो।

यस्तै अफगानिस्तान सुपर–आठको समूह ‘एक’ बाट दोस्रो स्थानमा अन्तिम चारमा पुगेको हो । अफगानिस्तान सुपर–आठको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रन र तेस्रो खेलमा बङ्गलादेशलाई डीएलएस नियमका आधारमा ८ रनले हराएको थियो। अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो।

यस्तै टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भोलि राति सवा ८ बजे दोस्रो सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्दैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *