आइसिसी टी-२० विश्वकप

दक्षिण अफ्रिकाको अपराजित यात्रामा अफगानिस्तानले लगाउला पूर्णविराम ?

काठमाडौं । पहिलो पटक आइसीसी टि‌ ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल खेलिरहेको अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो ।

यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक हुनेछ । दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनल खेल्दैछ । भारतसँग पराजित भएको अफगानिस्तान अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

जारी विश्वकपमा दक्षिण अफ्रिका अपराजित छ । ऊ समूह विजेताको हैसियतमा सेमिफाइनल खेल्न लागेको हो । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंका, नेपाल, नेदरल्याण्ड्स र बंगलादेश तथा सुपर-८ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज र अमेरिकालाई हराएको थियो ।

अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड, युगान्डा र पपुवा न्यूगिनी (पिएनजी) तथा सुपर-८ मा अस्ट्रेलिया र बंगलादेशलाई हरायो । उसले जारी विश्वकपमा समूह चरणमा वेस्ट इण्डिज र सुपर-८ मा भारतसँग मात्र पराजय बेहोरेको थियो ।

हालसम्म अफगानिस्तान र दक्षिण अफ्रिकाले दुई टी-२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको विगत छ । यी दुई टिमले पछिल्लोपटक सन् २०१६ को टी-२० विश्वकपमा एकअर्कासँग खेलेका थिए । सो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३७ रनले हराएको थियो । यी दुई टिमबीचको पहिलो भेट चाहिँ सन् २०१० को विश्वकपमा भएको थियो । सो खेलमा दक्षिण अफ्रिकासँग अफगानिस्तान ५९ रनले पराजित भएको थियो ।

अफगानिस्तान अब दक्षिण अफ्रिकालाई पनि हराएर इतिहास रच्न चाहन्छ । दक्षिण अफ्रिका भने अफगानिस्तानसँगको विजयी यात्रा कायम राख्ने सोचमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *