सेमिफाइनलमा अफगानिस्तान ५६ रनमै अल आउट

काठमाडौं । अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमा अल आउट भएको छ । जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्वाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *