स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् । उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । उनले स्वास्थ्यकर्मीहरू माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्नुपर्ने बताइन् ।

उनले भनिन् – ‘स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरूलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने वातावरण बनाइयोस् । काँपिरहेको हातले उपचार गर्न सक्दैन । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरि त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ ।’

त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरूमा प्रमुख प्रकाशकीय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताइन् । उनले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताइन् ।

उनले स्थानीय सरकारहरू आर्थिक अनुशासनमा बस्न नसकेका बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *