प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक, २०८१ पारित

काठमाडौँ । प्रतिनिधि सभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *