छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला…(तस्बिरहरू)

काठमाडौँ । यतिखेर भक्तपुरका किसानहरू धान रोप्ने कार्यमा व्यस्त बनेका छन् ।

मनसुन ढिला भएपनि बिउ हुर्किसकेकाले पानी पर्ने बित्तिकै धान रोप्न सुरु गरिएको उनीहरूले बताए । उनीहरू बिहानीको करिब ६ बजेतिर खेतमा आइपुगेका हुन् ।

खेतमा पुरुष किसानहरूले माटो मिलाउने र सम्याउने काम गरेका छन् भने महिलाहरूले धानको बिउ उखेल्ने र रोप्न काम गरे । माना रोपेर मुरी फलाउने यस काममा सबै किसानहरू एकचित्त भएर काम गरिरहेका देखिन्छन् ।

यहाँका अधिकांश खेतहरूमा अहिले हरियो धान रोपिएको छ । बाँकी जमिनमा भने ट्याक्टर लगाएर धान रोप्नका लागि तयारी अवस्थामा राखिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *