नेकपा एसले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय समिति बढाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय समितिको आकार बढाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार ७ उपाध्यक्षमा १ महिला, १ मधेसी, अरू खुला रहनेछन् । सम्मानित नेताको पद पनि यथावत् रहने छ ।

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने,‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं । हाम्रो केन्द्रीय कमिटीको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौँ । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ ।

योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको हो । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *