सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविद्हरू गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *