बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ ।

यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *