मानिसको वर्तमानलाई तानिरहने ‘सुईना’ (तस्बिरहरू)

काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘सुईना’ नाटक प्रदर्शन भइरहेको छ । असार १२ गते देखि १७ गतेसम्म प्रदर्शन गरिने नाटक साँझ ५ः३० बाट सुरु हुनेछ ।

‘सुईना’ नाटकमा कलाकारहरूले आफ्नो अभिनय र शारीरिक हाउभाउले कथालाई उत्कृष्ट बनाएका छन् । २।० एक्रो थिएटर कार्यशालाबाट तयार भएको नाटक ‘सुईना’ मा खिस्सा, होस्टेल, यात्रा, खरबुजा, उडान, मरिजाउन र सुनसान समावेश गरि ७ वटा कथा समावेश गरिएका छन् ।

आम मानिसको जीवनमा हुने आफ्नै अविस्मरणीय क्षण, विगत, सपना र भविष्यका सपनालाई नाटकमा सुईना भनिएको छ ।

ती नै सुईनाले मानिसको वर्तमानलाई तानिरहेको कथावस्तु नाटकमा देख्न सकिन्छ ।

असार १२ गते देखि नियमित मञ्चन सुरु भएको नाटकलाई रंगकर्मी पवित्रा खड्काले सहजीकरण गरेकी छिन् । नाटकमा विजय ढुङ्गेल, पारस नेपाली, प्रेम चन्द पाण्डे, सम्पदा राई, ललित बडु, जयप्रकाश ताजपुरिया र रमन श्रेष्ठले अभिनय गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *