दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरुले बताएका छन् ।

दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् ।

काठमाडौंमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भूटान लगायतका देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह विवाह गराउने चलन रहेको निस्कर्ष निकालेका छन् ।

नेपालको मधेस प्रदेश र कर्णाली प्रदेशमा बालिका गर्ने प्रचलन अझै उस्तै अवस्थामा रहेको औंल्याएका छन् ।

बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलेको एशिया प्यासेफिक निर्देशक भाग्यश्री देंगलेले बालिका विवाहसँग जोडिएको कुरिति अझै हट्न नसकेको बताए ।

नेपाल, बंगलादेश र भारतमा बालिका विवाहसँग जोडिएको परम्परागत र सांस्कृतिक मान्यताले बलपूर्वक गरिने विवाहलाई नै प्रश्रय दिएको बताए । यसले बाल विवाह कमी आउन नसकेको बताए ।

सरकार तथा सामाजिक संघ संस्थाले चलाएको शैक्षिक जागरणले केही कमी आए जस्तो देखिए पनि विवाह गराउने दरमा कमी नआएको बताए । बालिका विवाह रोक्न अहिले सञ्चालन गरिएको कार्यक्रमको गतिलाई बढाउन आवश्यक रहेको बताए ।

बालिकाहरुमा शिक्षा र निर्णय क्षमता बलियो बनाउनसके बलपूर्वक गराइने विवाह रोक्न सकिने बताए ।

दक्षिण एशियाली देशमा प्लान इन्टरनेशनल सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड जापान, एसओएस चिल्ड्रेन भिलेज,वल्र्ड भिजन जस्ता संस्थाले ज्वाइनिंग फोर्स नामको समूह बनाएर काम गरिरहेका छन् ।

यही ज्वाइनिङ फोर्सको काठमाडौंमा भएको बैठकले मुख्य गरेर बालिका विवाह र शिक्षामा काम गर्नेगरी कार्यक्रम चलाउने निर्णय गरेका छन् । यसै अवसरमा नेपालमा बालबालिकाको क्षेत्रमा ३० वर्ष यता भएका उल्लेख्य काम र विद्यमान कमजोरीको विषय समेटिएको एक प्रतिवेदन पनि सार्वजनिक गरेका छन् ।

प्रतिवेदनमा बालबालिकामाथि अझै असुरक्षा रहेको, यौन हिंसामा पर्ने गरेको, बालबालिका कुलतमा फस्ने डर बढ्दै गएको, साइबर क्राइम र अन्य अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको अवस्था रहेको देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *