धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया रद्द भएको छ ।

नाम सिफारिसका लागि गठन भएको समितिको असार १४ को निर्णयअनुसार अहिलेसम्मका सबै प्रक्रिया रद्द भएको हो ।

समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेकाहरूमध्ये ३ जना अन्तरवार्तामा सहभागी भएका थिएनन् ।

त्यसपछि समितिले महान्यायाधिक्तासँग राय मागेको थियो । महान्यायाधिक्ताको कार्यालयले योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *