एमालेबाट विद्रोह गरेर सही काम गर्‍यौं : माधव नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताए ।

उनले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए । उनले आफुहरुले मुलुकलाई सही दिशामा अगाडी बढाउन भुमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए ।

उनले एमालेबाट विद्रोह नगरेको भए आफुहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताए । उनले आफूहरुले आत्मसर्मपण नगरेको बताए ।

उनले भने – ‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौं। विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि भुमिका निर्वाह गर्‍यौं । अत्यन्तै सही काम गर्‍यौं। कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि फेरीपनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गगर्‍यौं । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौं । नभए हामी हराइसकेका हुन्थ्यौँ । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ति सबै कुराहरुलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ । र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भुमिकालाई स्थापित गरेका छौँ ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भुमिकालाई स्थापित गरेको बताए ।

उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए । आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *