टी-२० विश्वकप

विश्वकपको फाइनलमा भारतको सामना गर्दै दक्षिण अफ्रिका, हेड टु हेड’मा कुन टिम अगाडि ?

काठमाडौं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ । दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुग्यो भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।

यी दुई टोलीबीचको फाइनल भिडन्त आज (शनिबार) राति सवा ८ बजेदेखि बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा सुरु हुनेछ । भारतले १० वर्षपछि फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ श्रीलंकासँग पराजित भएको थियो ।

भारतले हालसम्म एकपटक टी-२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।

दक्षिण अफ्रिका भने पहिलोपटक फाइनल खेल्न लागेको हो । यसअघि सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो । अब दक्षिण अफ्रिका भारतलाई पनि स्तब्ध पार्दै पहिलो मौकामै उपाधि जित्न चाहन्छ ।

हेड टु हेड’मा को अगाडि ?
हालसम्म भारत र दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा ६ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले चार र दक्षिण अफ्रिकाले दुई खेलमा जित निकालेको इतिहास छ ।

यी दुई टिमले टी-२० आईमा समग्रमा २६ खेलमा एकअर्काविरुद्ध खेलेका छन्, जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ खेल जितेको छ ।

भारत र दक्षिण अफ्रिकाबीचको एक खेल भने रद्द भएको छ । पछिल्लो पाँच खेलको कुरा गर्दा दक्षिण अफ्रिकाले भारतलाई तीन खेलमा हराएको छ । यी दुई टिमले अन्तिमपटक १४ डिसेम्बर २०२३ मा खेलेका थिए, सो खेलमा भारत १०६ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *