पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन् ।

गुल्मीको मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको फेदिखोला-५ मा शुक्रबार राति साढे ११ बजे आएको पहिरोले घर बगाउँदा दुर्गा जिटी र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो ।

ढुङगा माटो र टिनले छाएको १ तले घरमा सुतिरहेको जिटी परिवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । जिटीको घर नजिकै रहेको गोठमा रहेको एक वटा भैसीको समेत मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *