चिवाभञ्ज्याङ नाका र पाक्युङ–काठमाडौंबीच हवाइ उडान चाँडै सञ्चालनमा आउँछ : इन्द्रहाङ सुब्बा

काठमाडौं । भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किम (सिक्किम) का लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले सिक्किम सरकार नेपालसँगको सम्बन्ध बिस्तारका लागि कुनैपनि तरिका अपनाउन तयार रहेको बताएका छन् ।

लोकसभामा नेपाली भाषामा शपथग्रहण गरेसँगै चर्चामा आउनुभएका सुब्बाले सिक्किम सरकार नेपालसँग हवाई, सडक सञ्जाल, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध बिस्तारका लागि हरप्रयत्न गर्न तयार रहेको बताए ।

उनले पाक्युङ—काठमाडौंको बीचमा हवाई उडान शुरु गर्नका लागि आवश्यक अध्ययन भइरहेको र चाँडै नै हवाइ उडान शुरु हुने बताए ।

उनले पाक्युङ—काठमाडौंको बीच उडान शुरु भएसँगै पर्यटन र अन्य क्षेत्रहरुमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल—भारतबीचको सम्बन्ध बिस्तारका लागि आफूहरु प्रयत्नरत रहेको बताए ।

‘सिक्किम सरकारले चाहेको के हो भने नेपालसँग कुनैपनि तरिकाले हाम्रो बीचमा सम्बन्ध बिस्तार गर्न सकिन्छ, त्यो कोशिसमा हामी छाँै । हवाईबाट होस् वा सडकबाट होस् । चाहे अरु कुनैपनि तरिकाले नेपाल र भारतको बीचको जुन सम्बन्ध छ, त्यसलाई बलियो बनाउनमा सिक्किमले गर्नपर्ने जति गर्न हामी तयार छौँ,’उनले भने,‘पाख्युङ—काठमाडौंको बीचमा फ्लाइट शुरु भयो भने धेरै कुराको सुविधा हुन्छ । नेपालमा जस्तै सिक्किममा पनि धेरै पर्यटकहरु आउँछन् । नेपालमा पनि पर्यटक बढ्नेछन् । यसलाई अघि बढाउन हाम्रो सरकार सकारात्मक छ । हाम्रो प्रयास पनि चाँडो शुरु गर्ने कोशिस छ ।’

उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि नेपाल र सिक्किम सीमानाको चिवाभञ्ज्याङ नाका खोल्न पहल गरिरहेको बताए ।

उनले मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै पहल गर्नुभएको जिकिर गर्दै सीमानाका सञ्चालनमा आएसँगै नेपालसँगको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

उनले नाका सञ्चालनले नेपाल र सिक्किमबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध बिस्तार हुने बताए । उनले नाका सञ्चालनका लागि सिक्किम सरकार र केन्द्र सरकार एवं नेपाल सरकार सकारात्मक रहेको पनि बताए ।

उनले चिवाभञ्ज्याङसम्को सडकलाई हाइवेका रुपमा विकास गरी नाकालाई मल्टिमोडल करिडोर बनाउने कामको प्रश्ताव अघि बढिसकेको बताए ।

उनले चाँडै करिडोर बन्ने र यसले नेपाल र भारतको सम्बन्धलाई अझै बलियो बनाउने बताए । हाइवे पुगिसकेपछि मल्टीमोडल करिडोर खोल्न कुनै बाधा नआउने विश्वास व्यक्त गरे ।

उनले भारतमा नेपाली भाषीहरु धेरै रहेको र यसमा आफूहरुलाई गर्वको महशुस हुने बताए । उनले आफूले बोल्ने भाषमा नै शपथग्रहण गर्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको बताए । नेपाली भाषालाई अझै प्रचलित बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले नेपाली भाषाले आफूहरुको पहिचान दिएको भन्दै यसलाई बचाइराख्नु आफ्ना लागि महत्वपूर्ण रहेको बताए ।

उनले भारतले पनि नेपाली भाषीहरुलाई धेरै माया गरेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *