सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका छन् । उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे ।

‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौँ । त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउँछ,’उनले भने,‘हामी नेताहरुको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन । हामी कहिले कहीँ बहस गर्दछौँ ।’

उनले नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए । उनले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको पनि बताए ।

उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताए ।

‘कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन । हामीले यो महाधिवेशन भित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरुको संश्लेषण गरेर आफ्नो निस्कर्ष निकाल्छौँ,’उनले भने,‘अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ की पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ ।’

सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए ।

उनले नेकपा (एकीकृत समाजवादी) को नीति नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा निर्माण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *