कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए ।

उनले कम्युनिष्टहरुको बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने बताए । उनले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताए ।

उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएकाले सबै एक् भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले कम्युनिष्टहरु फुटेर नभए जुटेर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताए ।

उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टका अगाडि अहिले धेरै ठूला चुनौति र सम्भावनाहरु रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *