पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको बताए ।

उनले अन्त गएर केन्द्रित हुन खोजे कम्युनिष्टहरु सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेको बताए । उनले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गरे ।

उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे ।

उनले भने– ‘हामी सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल नै हुनसक्ने म देख्छु । त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरुरी छ । किनकी यो ऐतिहासिक छ । यो दूरगामी छ । यो रणनैतिक महत्वको पनि छ । हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिष्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ । प्रयास त हामीले ग¥यौँ । मेरै कुरा ग¥यौँ भने ०७४ को निर्वाचनअघि निर्वाचनपछि कम्युनिष्टहरुलाई एकतावद्ध गरेर दुई तिहाई बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्नसकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो तर त्यो एकता टिकाउन सकिएन, टिकेन । हामी त्यसकै वरिपरी सारा कम्युनिष्ट पार्टीलाई ल्याउन सकौँला, भन्ने सोचिएको थियो तर सकिएन । त्यहाँ कहीँ न कहीँ सीमाहरु रहे । हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गरौँ । त्यसो गरे त्यो एकता दिगो हुन्छ । किनभने त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ । निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ ।’

प्रधानमन्त्री दाहालले पुष्पलालको बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तनर मनन गर्न आवश्यक रहेको बताए ।

उनले दोष जति अरुको थाप्लोमा हालेर आफू दुधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन नदिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *