भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए ।

उनले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताए । उनले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताए ।

उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए । उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । उनले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पु¥याउने गरी काम गर्नुपर्ने बताए ।

उनले भने– ‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो । हामी हाम्रो जैविक, वातावरणीय रुपले हामी पछाडि परेका छैनौँ । नेपाल समृद्ध बन्नसक्छ । शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ । नेपालको जुन एउटा बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो यो नेपालको मौलिकता हो भन्नेकुरालाई पनि स्वीकार्नुपर्छ । हाम्रो थुप्रै वामपन्थी भनेको छ, यो छोडिदिऔँ, यो घाँडो भयो, संघीयता छोडिदिऔँ । यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ, खुसुक्क मसँग आएर । यथार्थ हेर्ने हो नि । यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔँ । समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ । समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पु¥यायौँ । त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ ।’

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए ।

नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *