फाइनलमा चम्किए विराट, दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको चुनौती

भारतीय ब्याटर विराट कोहलीले सानदार इनिङ्स खेल्दा भारतले दक्षिण अफ्रिकालाई चुनौतीपुर्ण लक्ष्य प्रस्तुत गरेको छ।

टि २० विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि भारतले १७७ रनको चुनौती दिएको हो। भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको हो।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ३१ बलमा ४७ रन बनाउँदै भारतको रन उकासेका थिए। उनले ४ छक्का र एक चौका प्रहार गरेर रनआउट हुन पुगे।

सुरुमै धमाधम विकेट गएपछि दबाबमा परेको भारतलाई विराटले नै सम्हालेका थिए। शिवम दुवेले १४ बलमा २७ रन बनाए। उनले ३ चौका र एक छक्का प्रहार गरे।

कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा सुर्यकुमार यादवले मात्रै ३ रन जोडे। रभिन्द्र जडेजा २ रनमा आउट हुँदा हार्दिक पाण्डे ५ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *