कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाको शत प्रतिशत जित

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।

यो जितपछि अर्जेन्टिनाले समूह ए’मा ३ खेलमा ९ अंक हासिल गर्दै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । साबिक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समूह विजेता पनि बनेको हो ।

समूह ए’बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समूहमा दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । यो सँगै समूह ए’बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *