जंगलमा घाँटी रेटिएको अवस्थामा भेटिएका ओभरसियरको मृत्यु

काठमाडौं । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियरको मृत्यु भएको छ । शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्वरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् ।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । डम्बर शुक्रबार बेलुकादेखि हराएका उनी खोजतलासका क्रममा शनिबार फेला परेका हुन् ।

उपचारका लागि उनलाई डडेलधुरा अस्पतालले धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा ओभरसियर भट्टको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए । सब ओभरसियर रहेका उनी निर्माण व्यवसायी समेत हुन् ।

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए । आर्थिक अवस्था नाजुक हुँदै गए पछि उनी केही तनावमा रहेको कुरा खुल्न आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *