पुरानै मन्त्रालयमा फर्किँदै फणीन्द्र, शपथको तयारी

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा फेरि मन्त्री बन्दैछन् । सर्वोच्च अदालतले माओवादी केन्द्रले गरेको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संसद् फर्केका उनी मन्त्री बन्ने भएका हुन् ।

उनलाई साढे १० बजेपछि पोखरास्थित पर्यटन बोर्डको कार्यालयमा शपथ ग्रहण गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटाले पूरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बागडोर सम्हाल्नेछन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही गर्‍यो । सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।

तर नेकपा माओवादी केन्द्रले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *