कुकुरसँग बाइक ठोक्किँदा पछाडि सवारको मृत्यु, चालक घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आउँदै गरेको प्र. १-०१-०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रबार बेलुका कमल गाउँपालिका-५ सावित्र चोकमा बाटो काट्दै गरेको कुकुरसँग ठक्कर खाएर दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल पछाडि सवार शिवसताक्षी-२ का ४० वर्षीय नवीन आचार्यको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।

उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *