आइतबार बढेर कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *