१६ तस्बिरमा रङ्गीचङ्गी गन्हाउने काँडा फूलको लोभलाग्दो सुन्दरता

काठमाडौँ । अहिले बाटो, सडक, झाडी र बन जङ्गलहरूमा गन्हाउने काँडा ढकमक्क फुलेका देखिन्छन् । गन्हाउने काँडा फूलहरू पानी पर्नसाथ मौलाएर आउँछन् । यो फूलको नाम गन्हाउने काँडा भए पनि यसको सुन्दरता वास्तवमै लोभलाग्दो छ ।

यस फूलका थुँगा अनेकौँ सुइरो मिलेर बनेको हुन्छ । यसको रङ्ग केही पहेलो, रातो, गुलाबी, बैजनी र सुन्तला रङ्गको हुने गर्दछ । यसको फल हरियो झुप्पा हुने गर्दछ । जुन पाकेपछि कालो बन्छ । यी फूलहरू एकदमै कमजोर हुने भएकाले खासै मानिसको प्रयोगमा आउँदैनन् । पानी पर्नसाथ मौलाएर आउने यी फूलहरू अहिले ढकमक्क फुलेका छन् ।

गन्हाउने काँडा फुल फुल्ने वनस्पति अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम लान्टाना क्यामेरा हो । यसलाई लान्टाना अकुलेटा एल र लान्टाना आर्माटा नामले पनि चिनिन्छ ।
हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *