नेकपा एसको महाधिवेशन र्‍यालीमा जे देखियो (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले आज पहिलो पटक महाधिवेशन गर्दैछ । १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनअघि नेकपा एसले काठमाडौँमा र्‍याली निकालेको छ ।

महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालिएको हो ।

असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *