काठमाडौँमा भारी वर्षा (तस्बिरहरु)

काठमाडौँ । नेपालमा बिस्तारै मनसुन सक्रिय बन्दै गएको छ ।

काठमाडौँमा अहिले भारी वर्षा भइरहेको छ । वर्षाले गर्मीबाट राहत मिलेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको बताएको छ । आगामी ३ दिन नदीहरूमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने जनाइएको छ ।

आज देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो ।

महाशाखाले आज ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरूमा बहाव बढ्ने जनाएको छ । केही नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *