ओलीलाई भेटेपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले आफ्नो निवास बूढानीलकण्ठमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो ।

सभापति देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए ।

सभापति देउवा र अध्यक्ष ओलीबीच तीन घन्टा कुराकानी भएको थियो । ओलीसंगको भेट र देउवाको पदाधिकारी बैठक बोलावटलाई अर्थपुर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *