मधेस प्रदेशका विपक्षी दलहरूद्वारा बजेट पुनः लेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

काठमाडौँ । मधेस प्रदेशका विपक्षी दलहरूले बजेट पुनः लेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन विछाले लगायतले सामूहिक रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै मधेस सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटको पुनः लेखन गर्न माग गरेका हुन् ।

बजेट सम्बन्धमा गत असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री र स्वयं अर्थमन्त्री भरत साहले नै पिएलएमबिआईएस ह्याक्रहरुबाट सिस्टम ह्याक भई कार्यक्रम तथा बजेट रकमहरू प्रविष्ट गरिएको भनी जानकारी आएकाले बजेट स्वीकार्य हुन नसक्ने उनीहरूको तर्क छ ।

उनीहरुले सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समितिको गठन, बजेट पुनः लेखन तथा प्रदेश सभामा पुनः छलफल र बजेट पुनः लेखन हुँदा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम गर्नुपर्नेसहित तीन सूत्रीय माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *