विदेशबाट फर्किएका नेपाली फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौं : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरूलाई सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए । उनले विदेशबाट स्वदेश फर्किएका युवाहरूलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको बताए ।

उनले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उद्यमीहरूलाई बधाई तथा शुभकामना दिए । उनले इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नेहरूले विदेशमा बसिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताए । उनले स्वदेशमा हुने नागरिकहरू श्रमको खोजीमा रहेका र विदेशमा बस्नेहरूलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताए ।

उनले भने ‘अहिले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्दै हुनुहुन्छ । सरकारले यो भन्दा अगाडि छलफल गरी रहेका छौं । विदेशबाट फर्केका नेपाली नागरिक फेरि विदेश फर्कनुनपर्ने गरी योजना बनाइरहेको छ । यो देशको लागि केही गरौं भनेर बहस छलफल गरिरहेका छौं । इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्नसक्छौँ । भन्ने महत्वपूर्ण सन्देश दिइरहनुभएको छ । स्वदेशमा हुने नागरिकहरू श्रमको खोजीमा हुनुहुन्छ । विदेशमा बस्नेहरूलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।’

सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाउँमा उद्यम गर्ने ८ जनालाई सम्मान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *