भारतका स्टार अलराउन्डर जडेजाले पनि लिए सन्न्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउन्डर रविन्द्र जडेजाले सन्न्यासको घोषणा गरेका छन् ।

भारतले शनिबार राति आइसीसी ट्वान्टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै उपाधि जितेपछि उनले सन्न्यास लिएका हुन् ।

उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले ट्वान्टी–२० आईबाट सन्न्यास लिएका थिए । ३५ वर्षीय जडेजाले पनि यही फर्म्यटबाट सन्न्यास लिएका हुन् ।

मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु । अन्य ढाँचा (टेष्ट र ओडीआई) को क्रिकेटलाई निरन्तरता दिनेछु । ट्वान्टी–२० क्रिकेटलाई बिदाइ गर्दछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा भएको ट्वान्टी–२० आई खेलमा डेब्यू गरेका थिए । जडेजाले ७४ ट्वान्टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *