युरोकपमा आज स्लोभेनियाले पोर्चुगलको सामना गर्दा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

काठमाडाैं । जारी युरोकप अन्तर्गत आज नक आउट चरणमा दुई महत्वपूर्ण खेले हुने भएका छन् ।

पहिलो खेल नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र बेल्जियमबीच हुँदैछ । समुह चरणमा फ्रान्स समुह डी मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो ।

फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

बेल्जियम समुह चरणमा समुह ई मा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो । बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजति भएको थियो । फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । १९ खेल बराबरी भएका थिए ।

अर्को खेल राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच हुने भएको हो । समुह चरणमा पोर्चुगल समुह एफ को समुह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

स्लोभेनिया समुह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समुहमा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *